सर्लाहीको-२ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय विजयी
सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका नेपाल समाजवादी पार्टी (नेसपा)का रायले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न लिएर २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार पाँच सय १६ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विजयी हुनुभएका राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने लोसपाका महतो विसं २०७४ मा नेकपा (एमाले)को सहयोगमा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी सर्लाही–२ प्रदेशसभा (२)बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले नौ हजार छ सय २६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले नौ हजार चार सय ४७ मत पाउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #महेन्द्र राय, #सर्लाहीको-२ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्