मेयर हर्क साम्पाङको चेतावनी : पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी १ बाट निर्वाचित हुने सांसदलाई कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउन चेतावनी दिएका छन् ।
शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्, ुजो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ । अन्यथा वहाँ धरान नआए पनि हुन्छ ।ु
मेयरमा निर्वाचित भएपछि उनले धरान नगरवासीलाई कोशीको पानी ल्याएर खुवाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पछिल्लो समय धरान आसपासका खोलाबाट उनले पानी ल्याएर खुवाउनसमेत थालिसकेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा साम्पाङले धरान उपमहानगरपालिकामा खानेपानीलाई मुख्य मुद्दा बनाएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरान उपमहानगरपालिका, #हर्क साम्पाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्