Techie IT
आईतबार, वैशाख २१,२०८२

बिदा भए म्यादी प्रहरी


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी भर्ना गरिएको म्यादी प्रहरीको आज बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी प्रहरीको बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ बमोजिम अन्तिम नतिजामा उत्तीर्ण भई मंसिर ८ गते देखी निर्वाचनको सुरक्षार्थमा खटिएका थिए । ४० दिनको कार्य अवधि समाप्त गरेसंगै उनीहरुलाई बिदाई गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आज (बिहिबार) जिल्ला प्रहरी कार्यालय बागलुङको प्रांगणमा एक कार्यक्रमका बिच बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले प्रमाणपत्र बितरण गर्दै बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी ईकाईमा प्रहरीसँग संयुक्त रुपमा अहोरात्र परिचालन भई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुशासित वातावरणमा सम्पन्न गरी सराहनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

उनलेे निर्वाचनको समयमा पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै उज्ज्वल भबिष्यको कामनासहित धन्यवाद ज्ञापन समेत गरेका थिए । यो अवधिको सिकाइले सम्पुर्ण म्यादी प्रहरीलाइ उज्जल भबिष्यको लागि सहयोग पुर्‍याउने उनको भनाइ थियो । यो अवधिमा म्यादी प्रहरीले धेरै कुरा सिकेको भन्दै आफ्नो स्थानमा हुने बिकृती र बिसंगतीका बिरुद्ध हातेमालो गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

म्यादी प्रहरीले ४० दिनसम्म खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् । त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च समेत पाउने छन् । म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि थप भत्ता पाउने छन् ।

यता, ४० दिन भएपनि देशको सेवा गर्न पाएकोमा आफूहरु धेरै खुशी भएको म्यादी प्रहरी बताउँछन् । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजना अन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545