मनकामना केबलकार २५ औं वर्षमा प्रवेश
मनकामना दर्शन प्रालिले मनकामना केबलकार सञ्चालन गरेको २४ बर्ष पुरा भएको छ । संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको नेतृत्वमा कम्पनीले २०५५ मंसिर ८ गतेबाट नेपालमै पहिलो पटक मनकामना केबुलकार सेवा संचालनमा ल्याएको हो।
यसले अष्ट्रियाको डोपलमेयर कम्पनीको केबलकार प्रविधि प्रयोग गरेको छ। केबलकारले ३ किलोमिटरको दुरीलाई १० मिनेटमा आउजाउ गराउँदै आएको छ। कम्पनीले स्थापनादेखि २४ वर्षको अवधिमा १ करोड ७० लाख यात्रु एवम् भक्तजनलाई सेवा दिएको जनाएको छ।
संस्थापक स्व. लक्ष्मणबाबुको मार्गनिर्देशन अनुसार कम्पनीले व्यवसायिक सामाजिक दायित्वअन्तर्गत केबलकार रहेको क्षेत्रको शिक्षा, स्वास्थ्य, धार्मिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।
केबलकार सुरुमा एनालग प्रविधिमार्फत सञ्चालनमा थियो। स्तरोन्नति गर्दै वार्षिकोत्सवका अवसरमा पूर्ण डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए। कम्पनीले प्रयोग गर्दै आएको डोपलमेयरको डी–कनेक्ट प्रणाली जडानको काम अन्तिम चरणमा रहेको जनाइएको छ। यो सुरु भएसँगै मनकामना मुलुककै पहिलो डिजिटल प्रणालीयुक्त केबलकार सेवा प्रदायक बन्ने कम्पनीले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #मनकामना दर्शन प्रालि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्