दार्चुलाबाट मन्त्री दिलेन्द्र बडू प्रतिनिधिसभा सदस्यमा विजयी
दार्चुला। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी बन्नुभएको हो ।
बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित हुनुभयो । मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो ।
मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी हुनुभएको हो । पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।
यस्तै दार्चुलामा प्रदेशसभा ९१० मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा ९२० मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिलेन्द्रप्रसाद बडू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्