पर्यटन व्यवसायी सन्तोष खनालको पहलमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण
ऋषि खनाल (रितिक) गोरखा । गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नंम्बर तिनका जेष्ठ नागरिक र बाल बालिकाहरुलाई पर्यटन व्यवसायी सन्तोष खनालको पहलमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेएको हो । आइतबार वडा नंम्बर–३ तान्द्राङ्ग स्थित सिमलचौरमा बाल बालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री विरतण गरिएको हो ।
वडा नंम्बर–३ को कमलटार, खमारे, तल्लोटारका ६७ जना बाल बालिकालाई ५२ हजार बराबरको शैक्षिक सामाग्री, ६७ थान ट्र्याक सुट, आर्थिक स्तर न्युन भएका जेष्ठ नागरिकलाई १७ ओटा कम्बल विरतण गरिएको सन्तोष खनालले जनकारी दिनुभयो ।
त्यस्तौ लक्ष्मी नारायण धाम बुढीगण्डकी बद्धाश्रमलाई खनालको पहलमा पयर्टक मारिया स्ट्याडलरले २५ हजार नगद हस्तान्तरण गनुभएको थियो ।
चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा गाँउलेले खनाललाई धन्यवाद दिएका छन्। उनले बाल बालिका र जेष्ठ नागरिकहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा आ आफ्नो क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो । खनालको अनुसार जम्मा एक लाख ९० हजार बराबरको सामाग्री बितरण गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #न्यानो कपडा र शैक्षिक सामाग्री वितरण, #भिमसेनथापा गाउँपालिका, #सन्तोष खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्