Techie IT
सोमबार, वैशाख २२,२०८२

गोरखा १ प्रदेश सभा ‘क’ मा धिताल र २ प्रदेश ‘क’ मा देवकोटा बिजयी


गोरखा । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका धितालले एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

विजयी भएका धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरे भने पराजय भएका थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरे ।

त्यस्तै, गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी बनेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम भने सार्वजानिक भइसकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #कृष्ण धिताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545