अहिलेसम्म कांग्रेसले ४ ठाउँमा जित्याे, कहाँ कहाँ र्हेनुहोस् ?
४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अहिलेसम्म ४ ठाउँमा जित निकालिसकेको छ ।
नेपाली कांग्रेसबाट मुस्ताङ १ बाट निर्वाचित भएका छन्, योगेश गौचन थकाली । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई हराएका हुन् ।
त्यस्तै, मनाङ १ बाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले पनि नेकपा एमालेका पाल्देन छोपाङ गुरुङलाई हराएका हुन् ।
काठमाडौंका दुई निर्वाचन क्षेत्रमा पनि कांग्रेसले जित निकालिसकेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चौथों पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले १२५ मतले राप्रपाका रवीन्द्र मिश्रलाई हराएका हुन् ।
काठमाडौं ४ बाट तेस्रो पटक जित निकालेका छन्, नेपाली कांग्रेसका गगनकुमार थापाले । उनले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन् ।
नेपाली कांग्रेसबाट काठमाडौं ५ मा प्रदीप पौडेल पनि जित नजिकक छन् । उनले नेकपा एमालेका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पारेका छन् ।
काठमाडौंमै १० नम्बर क्षेत्रमाम राजेन्द्र कुमार केसी पनि नेकपा एमालेका उम्मेदवारभन्दा अगाडि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्