सुबोधलाई सुवास र केदारको साथ महंगो पर्ने संकेत
सिन्धुपाल्चोक । विगतमा पटक पटक नेकपा एमालेबाट लाभको पदमा पुगेर जनस्तरमा बेइमान नेताको छवि बनाएका सुवास कर्माचार्य र केदार क्षेत्रीको सहयोगमा सिन्धुपाल्चोकका गठबन्धन उम्मेदवार माधव सापकोटा सुबोधले अनेक हर्कत गरिरहेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका नेता सरेश नेपालविरुद्ध नियोजितरुपमा अनर्गल पचार गर्नेदेखि चुनावी वातावरणलाई हिंसात्मक बनाउनेसम्मका काममा कर्माचार्य र क्षेत्रीले सुबोधलाई साथ दिएको पाइएको छ ।
सिन्धुपाल्चोकमा कर्माचार्य र क्षेत्री बेइमान नेताका रुपमा परिचित छन् । एमालेबाट जतिसक्दो लाभ लिइसकेपछि अनेक आरोप लगाउँदै कर्माचार्य नेकपा एसमा लागेका नेता हुन् । विभिन्न जलविद्युत आयोजनाको सेयर रकम हिनामिनाको आरोप लागेका कर्माचार्यको अहिले मूल काम भनेकै एमाले उम्मेदवार नेपालविरद्ध अनेक अनर्गल पचार गर्नु भएको छ ।
जिल्लामा रहेका थुप्रै जलविद्युत् आयोजना र प्रसारण लाइनको कामबाट सुबोधले लाखौं कमिसन लिएको एक जलविद्युत् आयोजना सञ्चालकले बताएका छन् । त्यस्तै क्षेत्री पनि यस क्षेत्रका लागि बदनाम नेता हुन । एमालेबाटै बलेफी गाउँपालिका अध्यक्ष जितेर अघिल्लो निर्वाचनमा एमाले हराउनकै लागि भन्दै कांगेस प्रवेश गरेका क्षत्रीको पछिल्लो काम भनेकै मन्चहरुमा उभिएर सरेशको विरोध गर्नु हो ।
क्षेत्रीलाई पालिका अध्यक्ष हुँदा करोडौं आर्थिक अनियमितताको आरोप छ । क्षेत्री र कर्माचार्य अनेक धोकाधडीयुक्त कामका सारथिसमेत हुन ।
अहिले उनीहरु दुवैजना गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादीका सुबोधलाई जिताउनभन्दा पनि जसरी पनि सरेशलाई हराउन लागि परेका छन ।
तर उनीहरुको उक्त कोसिस असफल हुने निश्चित छ । सुवास र केदारले दिएको साथ सुबोधलाई निकै महंगो पर्ने देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुबोधलाई सुवास र केदार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्