भारत र चीनसँगको सीमानाका बन्द
काठमाडौं । आम निर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गरेको हो ।
मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन, #भारत र चीनसँगको सीमानाका बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्