काठमाडौं क्षेत्र नं ५ मा एमालेको शानदार जित हुन्छः ईश्वर पोखरेल
सीता पौडेल ( अर्चना) काठमाडौं । नेकपा एमालेका विरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५को प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोख्रेलले क्षेत्र नम्बर ५मा एमालेको जित सुनिश्चिित भएको दावी गर्नु भएको छ।बिहिबार काठमाडौं महानगर अन्तर्गतको ५ नम्बर वडाको हाँडीगाउँ क्षेत्रको घरदैलोकै क्रममा पोखरेलले साझापानासँग भन्नु भयो, “नेकपा एमालेले शानदर ढंगले जित्छ,जनताको समर्थन,यहाँको हाम्रो पार्टीको संगठनात्मक स्थिति,हामीले विगतमा गरेका कामको आधारमा हामी यो क्षेत्रमा निर्वाचन जित्छौं,।”
२०७४को निर्वाचनमा पनि पोखरेल यहि क्षेत्रबाट भारि मतका साथ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा। प्रकासशरण महतलाई हराउँदै पोखरेल झन्डै १० हजार मतान्तरले विजयी हुनु भएको थियो। अहिले यस क्ष्ोत्रमा बामगठबन्धन भएपनि यस क्षेत्रका बढी भन्दा बढी बासिन्दा आफ्नो पक्षमा भएको हुनाले आफ्नो मात्र नभएर एमालेका सबै उम्मेदवारको शान्दार जित हुने उहाँको भनाई छ।
काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडाहरू पर्छन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८, मत छ। भने अन्य दलको पनि यस क्षेत्रमा मत कमै छ । स्थानीय निर्वाचनमा खसेको मत अनुसार नै पार्टीगत मत खसेमा पोखरेलले गठबन्धनका उम्मेदवारले भन्दा बढी मत पाउन ुहुने छ ।
अर्कोतिर, उहाँको विपक्षमा बामगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रदिप पौडेल अन्य स्वतन्त्र उम्मेदवारहरु उत्रिए पनि विपक्षीकै मतलाई नै विभाजन गर्ने सम्भावना बढी छ । त्यसको फाइदा पनि पोखरेललाई नै पुग्ने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोख्रेल, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्