आज काठमाडौंमा विसाल चुनावी सभा गर्दै सत्ता गठबन्धन
काठमाडौं । सत्ता गठबन्धनले आज राजधानीमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु हुनुअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले चुनावी सभाको आयोजना गर्न लागेका हुन् ।
दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा आयोजना हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् । देउवा आज अछाममा आयोजना हुने कार्यक्रममा सहभागी हुने तयारी रहेको छ ।
काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #आज काठमाडौंमा विसाल चुनावी सभा गर्दै सत्ता गठबन्धन, #सत्ता गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्