रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुईजनाको मृत्यु
काठमाडौं। रुसले युक्रेनमा प्रहार गरेको क्षेप्यास्त्र पोल्याण्डमा खसेको छ ।
युक्रेनको सीमा नजिकै रहेको पोल्याण्डको भूभागमा क्षेप्यास्त्र खसेको हो । क्षेप्यास्त्रमा परेर दुई जनाको मृत्यु भएको छ । रुसी क्षेप्यास्त्र आफ्नो भूभागमा खसेपछि पोल्याण्डको आपत्कालीन बैठक बसेको छ ।
पोल्यान्डका प्रधानमन्त्री मतेउस मोराविएत्स्कीले सर्वसाधारणलाई शान्त रहन अपिल गरेका छन्। उक्त घटना लगत्तै पोल्यान्डले आफ्नो हवाई निगरानी पनि बढाउने भएको छ ।
यस्तै, पोल्याण्डमा क्षेप्यास्त्र खसेपछि जी-सेभेन राष्ट्रहरुको पनि आकस्मिक बैठक बसेको छ । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरू आकस्मिक बैठकमा बैठकमा बसेका हुन् ।
पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेको परिणाम गम्भीर हुन सक्ने जी सेभेन बैठकमा नेताहरुले बताएका छन् । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ ।
रुसले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै युक्रेनले नै घटना घटाएको आरोप लगाएको छ । युक्रेनले उत्तेजना बढाउन जानाजान घटना घटाएको रुसको दाबी छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुईजनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्