कैलालीमा निर्वाचनको तयारी पूरा, १३ हजार जनशक्ति परिचालन
धनगढी । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा सम्पूर्ण तयारी लगभग पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन सुरक्षा व्यवस्था, कर्मचारीको खटनपटन, मतदान सामाग्री ढुवानी लगायतका प्राविधिक तथा व्यवस्थापकीय कार्य पूरा भएको छ ।
निर्वाचनलाई निष्पक्ष, मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाभर सुरक्षाकर्मी, स्वयम् सेवक र कर्मचारी गरि करिब १३ हजार जनशक्ति परिचालन गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा रहेका २ सय ३७ मतदानस्थल र ६ सय २९ मतदान केन्द्रका लागि ५ हजार ७२ जना कर्मचारी, २ हजार ५ सय स्वयम् सेवक र यथेष्ट ९आवश्यक० सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो ।
उहाँले ती मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरि तीन तहमा वर्गीकरण गरिएको र त्यसैका आधारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटनपटन गरिएको बताउनुभयो । यस्तै जिल्ला कारागार सहित ८ वटा अस्थायी मतदान केन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो । निर्वाचनका लागि चुस्तदुस्त सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएकाले ढुक्क भएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामाग्री ढुवानी कार्य पूरा भएको छ । मङ्सिर १ गते भित्र सबै मतदानस्थलमा निर्वाचन सामाग्री पुर्याइ सकिने छ । हाल सम्बन्धित निर्वाचन क्षेत्रका लागि तोकिएको निर्वाचन अधिकृतको कार्यालयबाट सामाग्री बुझेर कर्मचारीहरू खटाइएको कार्यक्षेत्रमा जान थालेको बताइएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा मङ्सिर ४ गतेको निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी र निर्वाचन अधिकृतको कार्यालयहरू क्रमशः अतरिया, सुखड, लम्की र टिकापुरमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलाली, #कैलालीमा निर्वाचनको तयारी पूरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्