Techie IT
शुक्रबार, चैत्र २७,२०८२

माओवादी अध्यक्ष प्रचण्डका कार्यकर्ताहरुद्वारा अब्दुसको टोलीमाथि आक्रमण


काठमाडौं । चुनाव नजिकिँदै गर्दा गोरखामा माओवादी अध्यक्ष प्रचण्डका कार्यकर्ताहरु आक्रमणमा उत्रिन थालेका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार रहेका नेकपा एमालेका युवा उम्मेदवार अब्दुस मियाँको टोलीमाथि प्रचण्डका कार्यकर्ताबाट आइतबार राति आक्रमण भएको हो ।

खाना खाँदै गरेको अवस्थामा उनीहरुले अब्दुसको टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परी दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणबाट होटलको टेबल कुर्सीहरु पनि भाँचिएको अब्दुसले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् । गोरखा २ मा गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्व अब्दुस चुनावी मैदानमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोरखामा एमालेका उम्मेदवार अब्दुसको टोलीमाथि आक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्