भानुमा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले गर्यो न्यानो कपडा वितरण
तनहुँ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले आईतबार तनहुँको भानु नगरपालिका ४ स्थित भानु संस्कृत माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा वितरण गरेको हो । क्लबका अध्यक्ष नारायण रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रम माझ भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीले कपडा वितरण गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख त्रिपाठीले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनिय रहेको उल्लेख गर्नुहुँदै लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले भानु क्षेत्रमा आएर गरेको कार्यको सर्हाना समेत गर्नुभयो ।
त्यसैगरि, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले क्लबले एक हजार थान न्यानो कपडा वितरण गर्ने योजना राखेको बताउनुभयो ।
कार्यक्रममा नेपाल लायन्स फाउण्डेसनका बिष्णु प्रसाद भण्डारी, भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक एवम् क्लबका निर्देशक शंकर रानाभाट बोल्नु भएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्