गुल्मीका प्रभावशाली माओवादी नेताहरु एमालेमा प्रवेश
गुल्मी । गुल्मीका प्रभावशाली माओवादी केन्द्रका नेताहरु माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाकी कार्यपालिका सदस्य कमला घर्ती, रेसुङा नगरकमिटीकी सह(सचिब कमला परियार, पूर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र रेसुङा नगरकमिटी सदस्य इन्दिरा मगर एमालेमा प्रवेश गरेका एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।
उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य गणेश खनाल र जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतका नेताहरूले स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्दै नेतृ घर्तीले अबको जनताको पार्टी एमाले मात्रै भएकाले विचारहिन पार्टीमा बस्नुको कुनै औचित्य नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको बताइन् । उनले माओवादी केन्द्रले गैर कम्युनिस्टहरुसङ गठबन्धन गरेर सहिदका सपना कुल्चिँदै स्वार्थको पछाडि लागेपछि पार्टी छोड्नुको अर्को विकल्प नदेखेको बताइन् ।
पूर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजी थापेर हुर्काएको पार्टी र व्यवस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रह गरे । प्रवेश गर्ने सबैले आगामी निर्वाचनमा एमालेले दिएको निर्देशन र जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एमालेमा आवद्ध भएका नेताहरूलाई स्वागत गर्दै एमाले जिल्ला अध्यक्ष काउछाले एमालेविरुद्ध गरिएको घेराबन्दी तोडेर एमालेमा आवद्ध भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिएर अगाडि बढने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गुल्मीका प्रभावशाली माओवादी नेताहरु एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्