Techie IT
सोमबार, चैत्र ३०,२०८२

हरेक देशभक्त नागरिकको उम्मेदवार नेकपा एमाले हो : भुमि त्रिपाठी


धादिङ । नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले हरेक देशभक्त नागरिकको उम्मेदवार नेकपा एमाले रहेको बताउनुभएको छ । मंगलवार धादिङको गल्छी गाउँपालिका स्थित कल्लेरीमा भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार त्रिपाठीले सो कुरा बताउनुभएको हो ।

नेकपा एमालेले मात्र गाउँको विकास गर्ने र यसको दिर्घकालिन विकास गर्ने भएकाले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवाहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई स्थानियले फुल माला र अबिर लगायर भव्य स्वागत गरेका थिए । उहाँले मंगलबार गल्छी गाउँपालिकाको कल्लेरीको बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं १ को प्रदेश ९क० का उमेदवार रमेश कुमार आचार्य, एमाले गाउँकमिटिका पदाधिकारी लगाएको सहभागिता रहेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले धादिङ, #भुमि त्रिपाठी


तपाईको कमेन्ट लेख्नुहोस्