ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् ।
प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेकोे छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्रक दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्