प्रदेश १ का मन्त्री तथा प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधन
काठमाडौं । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
उपचारका क्रममा उनको विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
थापा २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रदेशसभामा निर्वाचित भएका थिए । यो पटक उनलाई कांग्रेसले प्रत्यक्ष तर्फको टिकट दिएको थियो ।
गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते नै गम्भीर बिरामी परे । त्यसअघि भने उनी औषधि खाएर चुनावी अभियानमा थिए ।
असोज २४ गते स्वास्थ्य जटिल भएपछि उनलाई नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो
क्याटेगोरी : समाचार
ट्याग : #प्रदेश १ का मन्त्री तथा प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्