स्वच्छ निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : दिनेश कुमार थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आमसञ्चार माध्यमले आम नागरिक र निर्वाचन आयोगबीच सम्बन्ध स्थापित गर्ने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रेडियो नेपालमा आज आयोजित “प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र मिडिया कभरेज” सम्बन्धी ३ दिने तालिमको शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले आम नागरिक, राजनीतिक दल, उम्मेदवारलाई सही सूचना सम्प्रेषण गरी मिडियाले आफ्नो भूमिकालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनको शुद्धताले शासन स्वच्छ हुने भएकोले दल, उम्मेदवार, मतदाता र सञ्चार माध्यमहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले यो निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुहुँदै आचारसंहिता पालना गरेर दल तथा उम्मेदवारले असल राजनीतिक संस्कार देखाइरहेको समेत बताउनुभयो ।
उहाँले समाचार लेख्दा सत्यतथ्यमा आधारित भएर सबै उम्मेदवारलाई समान स्थान दिनुका साथै विविधतालाई एकतामा आबद्ध गर्ने काम मिडियाको भएको पनि बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल विश्वासिलो र आधिकारिक सञ्चारमाध्यम भएकोले अझै व्यावसायिक कुशलता प्रदर्शन गर्दै निर्वाचनका गतिविधिलाई प्रष्ट रुपमा नागरिकसामु लानुपर्नेमा जोड दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले रेडियो नेपाल सबै रेडियोको पाठशाला भएको भन्नुहुँदै समाचारमा समावेशी, लैगिंकमैत्री र पहुँचयोग्य बनाउनुपर्ने बताउनुभयो ।
रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले सञ्चारकर्मीहरू निर्वाचन आयोगका दूत भएकाले आचारसंहिता पालना गर्ने र गराउने दायित्व बोकी समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी नागरिकमा सत्य तथ्य सूचना सम्प्रेषण गरिरहेको जानकारी दिनुभयो ।
आजदेखि सुरु भएको तालिममा रेडियो नेपालका देशभरका संवाददाता भौतिक र भर्चुअल रुपमा तालिममा सहभागी भएका हुन ।
तालिम निर्वाचन कानुन र आचारसंहिता, निर्वाचन कभरेजको अन्तर्राष्ट्रिय अभ्यास, निर्वाचनमा रेडियो नेपालको विद्यमान प्राविधिक क्षमता, कभरेजमा ध्यान दिनुपर्ने विषयहरू, रिपोर्टिङका समस्या र समाधान लगायतका विषयमा केन्द्रित रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिनेश कुमार थपलिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्