उम्मेद्वारका प्रतिवद्धता : उत्तर–दक्षिण राजमार्गदेखि बूढीगण्डकी आयोजना, रबर उद्योगदेखि एयरपोर्ट सञ्चालनसम्म

काठमाडौँ । आसन्न निर्वाचनमा गोरखाबाट उम्मेद्वार बनेकाहरु अहिले गाउँघरमा भोट माग्न ब्यस्त छन् । उनीहरुले मतदातालाई मौखिक रुपमा विभिन्न आश्वासन र योजनाहरुको आश्वासन दिइरहेका छन् । साथै लिखित प्रतिवद्धताहरु पनि सार्वजनिक गरेका छन् ।
प्रचण्डका ४१ वटा प्रचण्ड प्रतिवद्धता
उनले जितेपछि गोरखाको कायापलट हुने आशा गरिएका नेता प्रचण्डले आफूले चुनाव जितेपछि धेरै काम गर्ने प्रतिवद्धता गरेका छन् । आफू एउटा मात्र क्षेत्रबाट उठ्नु परे पनि सिँगै गोरखाको विकास र संवृद्धिका लागि काम गर्ने बताउँदै आएका उनले दुवै क्षेत्रको विकासका रुपरेखा सार्वजनिक गरेका छन् ।
उनी बाम–लोकतान्त्रिक गठबन्धनतर्फबाट गोरखा २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन् ।
४१ बुँदे उनका प्रतिवद्धता पत्रमा वडा कार्यालयले गर्ने, पालिका कार्यालयले गर्ने, प्रदेश सरकारले गर्ने र केन्द्र सरकारले गर्ने साना, ठूला सबै खालका कार्यक्रम समेटिएका छन् ।
प्रचण्डले नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सभाबाट ल्याइएको संविधानको रक्षा र कार्यान्वयन गर्न, मुलुकमा स्थिरता र संवृद्धिका लागि आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।
साथै उनले सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक रुपान्तरणका लागि गोरखाले अग्रता लिओस् भन्ने उद्देश्यले आफू यहाँबाट उम्मेद्वार भएको उनको भनाइ छ । जनयुद्ध तथा जनआन्दोलनका सहिद, वेपत्ता, घाइते तथा विस्थापित द्वन्द्व पीडितहरुको समस्या समाधान गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।
गोरखा नगरपालिकास्थित गोरखकाली रबर उद्योग, पालुङटारस्थित कृषि क्याम्पस र पालुङ्टारकै हवाइमैदानलाई पुनसंचालन गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ । साथै पालुङटारलाई स्मार्टसिटी बनाउने कार्यलाई टुंगोमा पु¥याउने, च्याङ्लीमा प्रस्तावित औद्योगिक क्षेत्र स्थापनाका लागि घनिभूत भएर लागि पर्ने उल्लेख छ । क्षेत्र नं. १ मा निर्माणाधीन बेनिघाट, आरुघाट, लार्के सडकलाई निर्माण सम्पन्न गर्न आफू गोरखाको उम्मेद्वार बनेको उनको दाबी छ ।
रुइला नालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन खोला नदी किनारका ठूलाठूला उर्वर टारहरु तथा निवेलदेखि अँबुवासम्मका उर्वर फाँटहरुमा दरौँदी तटबन्ध गरी संरक्षण गर्ने र सिँचाइ सुविधा उपलब्ध गराउने, बूढीकोट, धुवाँकोट, लिगलिगकोट, श्रीनाथकोट, अजीरकोट, सुलीकोट लगायतका कोटहरु जोड्नेगरी धार्मिक तथा पर्यटकीय पदमार्गको सर्किट निर्माण गर्न आफू गोरखा २ को उम्मेद्वार बनेर आएको प्रचण्डको भनाइ छ । उत्तरी गोरखालाई पर्यटनको हब निर्माण गरी देशी, विदेशी पर्यटकको वृद्धि र विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
एघारकिलो बारपाक सडक, पन्थडिही, कटहरे हर्मी सडक लगायतका मस्र्याङ्दी करिडोर, दरौँदी करिडोर बूढीगण्डकी करिडोरका मुख्य सडकहरु कालोपत्रे गर्ने, मझुवा–गोरखा सडकको मापदण्ड सम्बन्धी समस्या हल गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । सिउरेनीटारदेखि, त्रिवेणी, रामशाहघाट हुँदै पालुङटारसम्म पृथ्वीराजमार्गको वैकल्पिक राजमार्ग निर्माणमा विशेष पहल गर्ने, सिरानडाँडा, निम्चेपोखरी, दूधपोखरी, नागेपोखरी पर्यटन रुट निर्माण गर्ने, जडिबुटी खेती र पालुङटारमा जडिबुटी संकलन तथा प्रशोधनशाला निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
जिल्लाभित्रका सबै क्याम्पसलाई भौतिक पूर्वाधारमा सुदृढ पार्दै गोरखा क्याम्पसमा इञ्जिनियरिङ विषय थप गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ । किसान पेन्सनलाई कार्यान्वयनमा पहल गर्ने, ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा दिने लगायतका कार्यक्रम उनका प्रतिवद्धता पत्रमा उल्लेख छ ।
राजेन्द्र बजगाईँका २५ वुँदे प्रतिवद्धता
‘विकासका लागि राजनीति’ नारासहित राजनीतिक क्षेत्रमा क्रियाशील रहेका गोरखा १ का गठबन्धनतर्फका प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार राजेन्द्र बजगाईँले आफू प्रतिनिधि सभा सदस्य भएपछि प्राथमिकताका साथ सञ्चालन गर्ने कार्यक्रमहरु मतदाता सामु ल्याएका छन् ।
आफू संसद बनेपछि राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै बेनिघाट, आरुघाट, लार्के सडक निर्माण गरी त्रिदेशीय व्यापारबाट मुलुकको आर्थिक संवृद्धिको ढोका खुलाउने बताएका छन् ।
मनास्लु तथा धार्चे क्षेत्रलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने, चुमभ्यालीमा प्रचलित स्याक्या तथा नुब्री भ्याली र धार्चे क्षेत्रका गुरुङ, घले, भोटेलामा समुदायमा प्रचलित मौलिक संस्कृति र परम्परालाई राष्ट्रिय पहिचान दिई, त्यहाँको धार्मिक, ऐतिहासिक र पर्यापर्यटनको विकास गर्ने आफ्नो प्राथमिक जिम्मेवारी रहेको बताएका छन् ।
केरौँजा, श्याम्चेत, खानीगाउँ लगायतका पहिरोबाट उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई पूर्वाधारयुक्त ठाउँमा स्थानान्तरण गर्न प्रयत्न गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दशकौंदेखिको समस्या समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्ने, विकास निर्माण तथा स्थानीय आवश्यकतामा पर्याप्त छलफल र परामर्श गरी कार्यक्रम अघि बढाइने उनको प्रतिवद्धता छ ।
गोरखकाली, गोरखनाथ, मनकामना, भीमवीरेश्वर मन्दिर क्षेत्र र तल्लो दरवार क्षेत्रलाई प्रवद्र्धन गर्दै उत्कृष्ट धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न आफू यस क्षेत्रको उम्मेद्वार भएको उनको भनाइ छ ।
जिल्लाका वडादेखि पालिका जोड्ने सडकहरुको स्तरोन्नति गर्ने, स्तुलखोला, खोर्लाखोला, बूढीगण्डकी, स्यार लगायतका विभिन्न नदी, खोलाका आवश्यक ठाउँ र बस्ती क्षेत्र जोड्ने ठाउँमा पक्की पुल निर्माणमा पहल गर्ने आफ्नो प्रमुख दायित्व रहेको उनको भनाइ छ ।
निषेधित मनास्लु क्षेत्रलाई खुल्ला गर्ने, आपतकालीन हेलिउद्धार गर्न हटलाईन अनुमतिको ब्यवस्था ग्यारेन्टी गर्ने, जडिबुटीबाट आर्थिक संवृद्धिको प्रचुर सम्भावनाको ढोका खुलाउन पहल गर्ने उनको भनाइ छ ।
अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुको समस्या समाधानका लागि दिगो ब्यवस्थापनमा पहल गर्ने, चेपाङ, बराम, कुमाल, दरै, कुमाल, माझीलगायतका लोपोन्मुख, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक उन्नयनका लागि विशेष पहल गर्न पनि आफू यस क्षेत्रको उम्मेद्वार बनेको उनको भनाइ छ ।
रामशरण बस्नेत,
यसअघि निर्वाचन क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट गण्डकी प्रदेशमा निर्वाचित भएपछि भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका रामशरण बस्नेतले आफू निर्वाचित हुनुपर्नाका कारणहरु मतदाता सामु उल्लेख गरेका छन् । गोरखा १ बाट नेकपा एमालेबाट गोरखा १ मा उम्मेद्वार बनेका बस्नेतले संवृद्ध नेपाल, सुखी नेपालको सपना साकार पार्न आफू यस क्षेत्रको उम्मेद्वार बनेको बताएका छन् ।
आफू निर्वाचित भएमा रुइला नाका सडक निर्माण सम्पन्न गर्ने, एक निर्वाचन क्षेत्र एक पक्की सडक, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय, पालिकास्तरीय स्वास्थ्यचौकीबाट गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न पहल गर्ने उनले बताए । एकघर एकधाराको अवधारणा अनुसार काम गर्न, कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धिसहितको रोजगारी सिर्जना गर्न, धार्मिक, सांस्कृतिक, पुरातात्विक लगायतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने कार्यभार पूरा गर्न आफू यस क्षेत्रको उम्मेद्वार भएको उनले बताए ।
खेल क्षेत्रलाई प्रवद्र्धन गर्न एक वडा एक खेलमैदान निर्माण गर्ने, सूचना सञ्चारलाई आमजनताको पहुँचमा पु¥याउन, राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनालाई कार्यान्वयन गर्न आफू यो क्षेत्रको उम्मेद्वार बनेको बस्नेतको भनाइ छ ।
सामाजिक सुरक्षासहितको न्याय, शान्ति, सुशासन र भयरहितको सुसंस्कृत समाज निर्माण गर्ने, युवालाई स्वरोजगार बनाउने काम आफ्नो प्रमुख प्राथमिकतामा रहने उनको भनाइ छ । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्