बुढानीलकण्ठबासीले गरे ईश्वर पोखरेललाई स्वागत

काठमाडौं। ४ मंसिरमा हुने आम निर्वाचनको घरदैलो अभियानमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर(५ का उम्मेदवार ईश्वर पोखरेललाई सोही क्षेत्रमा पर्ने बुढानीलकण्ठबासीले स्वागत गरेका छन् ।
मंगलबार बिहान आफ्नो क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ(४ पुग्दा नेता पोखरेललाई स्थानीय मतदाताहरुले सडक नजिक एमालेको सूर्य चुनाव चिन्ह बनाएर स्वागत गरेका हुन् ।
पोखरेलले यसअघि निर्वाचित भएर ५ वर्षमा उल्लेखनिय काम गरेको स्मरण गर्दै उनीहरुले यसपटक पनि पोखरेलले जित्नुपर्ने भन्दै शानदार विजयको लागि शुभकामना समेत दिए ।
हालै बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि बुढानीलकण्ठ नगरपालिकामा एमालेले प्रमुख र उप्रमुखसहित वडाहरुमा शानदार जित हात पारेको थियो ।
काठमाडौं(५ को प्रदेशसभा २ का उम्मेदवार दीपक निरौलासँगै बुढानीलकण्ठमा घरदैलोमा रहेका छन् पोखरेल ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्