झापाको दुना–टपरी उद्योगमा आगलागी, २ करोडको क्षति
झापा । झापाको मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित एक दुना–टपरी उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा हिजो राति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ । उद्योगमामा मध्यरातमा लागेको आगो दुइृ घण्टापछि नियन्त्रणमा आएको डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
उद्योगमा विदेश निर्यातका लागि ठूलो परिमाणमा दुना–टपरी तयार गरी राखिएकोले क्षति बढी भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्