राप्रपाको उम्मेदवार सवार गाडी दुर्घटना
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार गाडी पश्चिम सुर्खेतको चौकुनेमा दुर्घटनामा परेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनाव प्रचारका लागि लगामदेखि धनरास जाने क्रममा जिल्लाको चौकुने गाउँपालिका–१, गैलुको मोडमा आज बिहान राप्रपा उम्मेदवर सवार भे१च–२८०५ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
गाडीमा सवार सबै जना सकुशल रहेको राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले जानकारी दिनुभयो ।सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २, प्रदेशसभा ‘ख’ का उम्मेदवार कर्णबहादुर रेगामी मगर, समानुपातिक उम्मेदवार हरिकला तारामी मगर, राप्रपा जिल्ला कमिटी सदस्य पूर्णबहादुर सुनाखरी, राप्रपा पञ्चपुरी नगरपालिकाका अध्यक्ष शिवराज जैसी, राप्रपा चौकुने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धमाला र विमला शाही सवार रहेको उहाँले बताउनुभयो ।
अस्थायी प्रहरी पोष्ट लगामका अनुसार उकालो चढ्न नसकेर दुर्घटनामा परेको गाडीमा सामान्य क्षति पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राप्रपाको उम्मेदवार सवार गाडी दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्