रूपन्देहीलाई उदाहरणीय जिल्ला बनाउन यस्ता छन् विष्णु पौडेलको योजना
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीलाई उदाहरणीय र अग्रणी बनाउने योजना बोकेर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
आज आइतबार बुटवलमा आयोजित एक कार्यक्रमबीच आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले रूपन्देहीलाई भौतिक एवम् मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउने योजना आफूसँग रहेको बताएका हुन् ।
रूपन्देही क्षेत्र नम्बर २ का उम्मेद्वार पौडेलले यसबीचमा आफूले गरेका मुख्य–मुख्य काम र भावी योजना समेट्दै चूनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचार मुक्त बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने पौडेलको भनाइ छ । विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिइने तथा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवम् सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक कानुनी, संस्थागत एवम् प्रक्रियागत व्यवस्था मिलाइने उनले बताए ।
पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमूना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको दाबी गरेका छन् । गौतमबुद्ध बिमानस्थल, बुटवल–बेलहिया छ लेन सडक, भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आफ्नै पहलमा निर्माण भएको उनको भनाइ छ ।
सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू सुरु तथा सम्पन्न गर्ने जिम्मेवारी आएको उनले बताए । त्यस्तै यस्तै वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्
एमाले एक्लैले बहुमत ल्याउने एमाले उपाध्यक्ष विष्णु पौडेलको दाबी
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्