Techie IT
मंगलबार, असार ३१,२०८२

गौशालामा बाल्टिनको पानीमा डुबेर बालकको निधन


बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। काठमाडौं महानगरपालिका ९ गौशालामा रहेको तुलसी गेष्ट हाउसको छतमा राखेको पानीमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको हो।

उक्त गेष्ट हाउसमा बसेका बाँकेको बैजनाध घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा आरोजको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #गौशालामा बाल्टिनको पानीमा डुबेर बालकको निधन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545