नेपाली कांग्रेसले बाड्यो उम्मेदवारलाई ७ करोड २२ लाख नगद
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फ उम्मेदवारलाई सात करोड २२ लाख रुपैयाँ बाँडेको छ। प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाखसम्म र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखसम्मका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्।
कांगेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेका हुन्। अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गर्न सक्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘टिकट दिएर पठाउँदा संघ र प्रदेशका उम्मेदवारलाई सभापतिले केही बाटो खर्च दिएर पठाउनुभएको छ । पार्टीले उम्मेदवारको अरू खर्च व्यवस्थापन भने गरेको छैन, त्यो काम उहाँहरूकै हो,’ श्रेष्ठले भने । उम्मेदवारलाई दिइएको ‘बाटो खर्च’ सभापतिको स्वविवेक भएकाले आफूलाई त्यसबारे जानकारी नभएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #नेपाली कांग्रेसले बाड्यो उम्मेदवारलाई ७ करोड २२ लाख नगद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्