जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी

काठमाडौं। बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान आजको आवश्यकता हो। यो आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी लौरो निर्वाचन चिन्ह वोकेर काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क) प्रदेशसभा उम्मेदवारका बनेका छन्। बेरोजगारी, अशान्ति र अराजकता विरुद्ध आगो बनेर विकास, समृद्धि र सुशासनको लागि कटिबद्ध मात्र नभइकन प्रतिबद्ध बनेका छन्। बागमती प्रदेश सरकारमा काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क)वाट सवैको जिन्दगीकै लौरा बन्न तयार बनेर सवैको घर–आँगनमा उभिएका युवा नेता अधिकारी संकल्प पत्र नै तयार पारेका छन्। उक्त संकल्प पत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, संस्कृति र पर्यटन, खेलकुद, हरियाली लगायत सवैखाले विभेद, असमानता, कुशासन र बैदेशिक हस्तक्षेपको अन्त्य गर्ने जस्ता उल्लेख छन्। त्यस्तै, भ्रष्ट तथा भ्रष्टाचारको पूर्णरुपमा जरैदेखि उन्मुलन गरेर स्वस्थ समाजको निर्माण गरेर नेपाली जनतालाई सुखी र खुशी वनाउने योजनाहरु छन्। जसलाई पूर्ण रुपमा साकार पार्ने संकल्प गरेका नेता अधिकारीले विगत तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा औषधि व्यवसाय तथा योगा प्रशिक्षकका रुपमा रहेर सामाजिक सेवा गर्दैआएका छन्। नेपालमा नाकाबन्दीदेखि कोरोनाको महामारीसम्म पनि उतिकै सक्रिय भएर सामाजिक सेवामा अहोरात्र खट्दैआएका अधिकारीलाई सामाजिक चिन्तक तथा नेपाली राजनीतिलाई स्वस्थ र सफा वनाउने सोचमा होम्मिएका युवा नेताका रुपमा चिनिन्छ।
प्रकाशन मिति–२०७९ साल कात्तिक १८ गते शुक्रवार ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्