मुलुकको समृद्धिका लागि एमाले एकमात्र विकल्प हो: पार्वत गुरुङ
काठमाडौं, १३ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले देशको विकास र समृद्धिका लागि नेकपा एमाले एकमात्र विकल्प भएको बताएका छन् ।
हिजो शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले दोलखाको समृद्धि र विकासका लागि पनि नेकपा एमालेका उम्मेदवारहरू एकमात्र विकल्प भएको बताएका छन् । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हिम्मत नदेखाउनेहरूले विभिन्न प्रलोभन देखाएर मतदातालाई भ्रमित पार्नसक्ने भन्दै उनले कसैको भ्रम र प्रलोभनमा नपरी एमालेका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।
नवप्रवेशीहरूलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री गुरुङले भने, ‘देशी–विदेशी शक्तिको इसारामा नेपाली कम्युनिष्टहरूको जनमत भत्काउने र विदेशीलाई अनुकुल हुने विभिन्न राष्ट्रघाती नीति निर्माण गरी निर्णय गर्न उद्दत् वर्तमान सरकारका मन्त्री र नेताहरूको कुनै पनि भ्रम र प्रलोभनमा मतदाता पर्न जरुरी छैन ।’
दोलखामा गठबन्धनका नेता र मन्त्री बनेकाहरूले विभिन्न शीर्षकमा बजेट भित्र्याउँदै आफैंले कमिशन खाएर सिध्याइरहेको तथ्य उजागर गर्दै नेता गुरुङले जनताको नाममा बजेट लाने र त्यही बजेटमा कमिशन खाने गठबन्धनका नेता र मन्त्रीहरूसँग आम दोलखाली र एमालेका नेता–कार्यकर्ताहरू सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ र ६ का थामी समुदायका दर्जनौँ युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीहरूलाई नेता गुरुङले खादा लगाएर पार्टीमा स्वागत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #पार्वत गुरुङ, #मुलुकको समृद्धिका लागि एमाले एकमात्र विकल्प हो: पार्वत गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्