भक्तपुरमा सवारी दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु
भक्तपुर । भक्तपुरमा तीन वटा सवारी साधन एकसाथ दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो सुर्यविनायक नगरपालिका–५ सृजनानगरमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार ६ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएपी राजु पाण्डेले बताउनुभयो ।
मोटरसाइकल चालक दोलखा घर भई काठमाडौँ बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते भएका छन् । ढावाका ६ वर्षीय छोरा आर्जनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आर्जनको आज बिहान नर्भिक अस्पताल काठमाडौँमा मृत्यु भएको डिएसपी पाण्डेले बताउनुभयो ।
जगातीबाट काठमाडौँ आउँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस दुर्घटनामा परेका हुन् ।
डिएसपी पाण्डेका अनुसार ढावाको मध्यपुर ठिमीमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भक्तपुरमा सवारी दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्