Techie IT
सोमबार, वैशाख २२,२०८२

इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीद्वारा एकतामा जोड


रोम । इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ । देशमा राजनीतिकलगायतका समस्याहरू उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको शपथ लिएसँगै सो आग्रह गर्नुभएको हो ।

उहाँले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको थियो । उहाँलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गर्नुभएको थियो ।

सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ त्यसअघि गभर्नर हुनुहुन्थ्यो । उहाँ केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहनुभएको थियो ।

मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उहाँलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गर्नुभएको हो ।

उहाँ हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरू राजनीतिक दलहरूलाई पनि सरकारमा समावेश हुन आग्रह गर्नुभएको छ ।

उहाँले आइतबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरू रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । रासस÷सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीद्वारा एकतामा जोड, #जर्जिया मेलोनी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545