समाजसेवी रामप्रसाद न्याैपाने सम्मानित
काठमाडौ ।बरिस्ठ राजनीतिज्ञ ,समाजसेवी तथा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का ईकाई सभापति रामप्रसाद न्याैपाने सम्मानित भएका छन । शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना देउसी भैलो बिशेश सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच न्याैपानेलाई सम्मान गर्नु भएको हो।
बिगत दुई दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक ,राजनीति ,क्षेत्रमा सक्रिय भई बित्तिय क्षेत्रमा तथा विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्वपुर्ण भुमिका शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप न्याैपानेको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।
फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र छेत्री,लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले पञ्चेबाजा सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #समाजसेवी रामप्रसाद न्याैपाने सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्