चीनको नयाँ प्रधानमन्त्रीमा ‘ली चियाङ’ नियुक्त

काठमाडौं । पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि शक्तिमा पुन: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो नयाँ समूह चयन गरेका छन्।
चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ चयन भएका छन्। प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि आइतबार नयाँ प्रधानमन्त्रीको घोषणा भएको हो।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट यसअघिका प्रधानमन्त्री ली सहित चार जना नेताहरू बाहिरिएका थिए। हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिव सँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन्।
विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन्। नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीनको नयाँ प्रधानमन्त्रीमा ‘ली चियाङ’ नियुक्त, #ली चियाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्