इन्द्र बानियाँ र विरोध खतिवडा लाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका मकवानपुर क्षेत्र-२ का उम्मेदवार विरोध खतिवडा र नेपाली कांग्रेसका मकवानपुर क्षेत्र-२ (ख) का प्रदेशसभा उम्मेदवार इन्द्र बाँनियालाई स्पष्टीकरण सोधेको छ ।
‘मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले उनीहरूलाई भनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #इन्द्र बानियाँ र विरोध खतिवडा लाई आयोगले सोध्यो स्पष्टीकरण, #निर्वाचन आयोग, #नेपाली कांग्रेस, #विरोध खतिवडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्