डडेलधुरामा काँग्रेसको वडा समितीले निर्वाचन बहिष्कार गर्ने, देउवाले विकासका काममा वेवास्ता गरेको आरोप
शेरबहादुर देउवाले वेवास्ता गरेको भन्दै काँग्रेस वडा समितीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । सभापति देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा कांग्रेसको वडा समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने भएको छ ।
जिल्लाको भागेश्वर गाउँपालिका–५ को कांग्रेसको वडा समितिले वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो।
चुनाव बहिष्कार गर्दै कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।
वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग मात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्