एडीबीद्वारा पाकिस्तानका लागि १५ अर्ब अमेरिकी डलर स्वीकृत

इस्लामावाद। एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ ।
पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो ।
हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पु¥याएको परिप्रेक्ष्यमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पु¥याउन एडीबीले जारी गरेको महत्वपूर्ण प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैङ्कले भनेको छ, “पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्नेछ, जुन सङ्कटको समयमा प्रायः असमान रूपमा प्रभावित हुने गरिब परिवारहरूलाई लक्षित गर्ने व्यवस्था गरिएको छ ।”
यस कार्यक्रमले नगद स्थानान्तरण प्राप्त गर्ने परिवारको सङ्ख्या ७९ लाखबाट बढाएर ९० लाख पु¥याउन र प्राथमिक तथा माध्यमिक विद्यालयमा भर्ना भएका बालबालिकाको सङ्ख्या वृद्धि गर्न सहयोग पुग्ने र यस सहयोगले दक्षिण एशियाली मुलुकमा स्वास्थ्य सेवा र पोषण सामग्रीको भौगोलिक कभरेज पनि बढाउने एडीबीले जनाएको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #एसियाली विकास बैंक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्