सुशासन र आर्थिक विकासका लागि एमालेको सरकार आवस्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाण्डौ । नेकपा एमाालको वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले बलियो र स्थीर सरकार निर्माणका लागि एमालेका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।
कमजोर पार्टीले पनि सरकार बनाउन रहर गरेकोप्रति उनले कटाक्ष गरे । “२० वटा सिट ल्याउनेले सरकार बनाउने दाबी गर्छ । त्यसले बनाएर गर्छ के ? एक तिहाई सिट पनि नजित्नेले सरकार बनाउने फुर्ति गर्छन् । यो पत्याउने कुरा हो ?” पोखरेलले प्रश्न गरे ।
राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक विकासका लागि एमालेको सरकारको विकल्प नभएको उनको दाबी छ । एमालेको विचार नै देशका लागि आवश्यक रहेकाले सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका अधिकांश नेताहरु लक्ष्य र योजनाविहिन भएको पोखरेलको टिप्पणी छ ।
पोखरेलले निर्वाचित भएपछि दुई वटा कामलाई प्राथमिकता दिने बताएका छन् ।
पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्