कलंकी-चाबहिल धोबीखोला ६ लेन सडकले छिट्टै तीव्रता पाउछ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उहाँले बताउनुभयो ।
सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गर्नुभयो । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्