नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का सुपर १२ मा प्रवेश
काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले आज भएको समूह ए को पाँचौँ खेलमा नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सुपर १२ मा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १६२ रन बनायो । श्रीलङ्का लागि कुशल मेन्डिसले सर्वाधिक ७९ को योगदान गरे ।
जवाफी ब्याटिङका क्रममा नेदरल्याड्सले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १४६ रन बनायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले सर्वाधिक अविजित ७१ रन जोडे पनि अन्य खेलाडीले राम्रो रन जोड्न नसक्दा लक्ष्य भेटाउन भने सकेनन् ।
तिन खेलमा एक हार र दुई जितसँगै श्रीलङ्काले अङ्क तालिकामा राम्रो रनरेटका कारण समूह ए मा नामिबिया र युएईबीचको अर्को खेलको नतिजा बिनै सुपर १२ मा प्रवेश गरेको हो ।
हारका बाबजुद पनि नेदरल्यान्ड्सको सुपर १२ पुग्ने सम्भावना कायमै छ । तर, नामिबियाले युएईलाई पराजित गरेको खण्डमा नेदरल्यान्ड्स समूह चरणबाटै बाहिरिनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का सुपर १२ मा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्