जनताको घरदैलोमा शेरबहादुर तामाङ
सिन्धुपाल्चोक । नेकपा एमाले नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ यतिखेर जनताको घरदैलोमा हुनुहुन्छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र-२ बाट उम्मेदवार बन्नुभएका तामाङ जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।
स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोकबासीले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् ।
एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित तामाङले आफूले बोलेको विषयलाई लिएर प्रश्न उठेपछि मन्त्री पदबाटै राजीनामा दिएर उच्च नैतिकता कायम गर्नुभएको थियो । बोलेको विषयलाई बङ्ग्याएर उठाइएको प्रश्नलाई लिएर मन्त्री पदबाटै राजीनामा दिने सम्भवतः नेपालको पहिलो मन्त्री उहाँ नै हुनुहुन्छ ।
घुस खान्न बरु जनतासँग मागेर खान्छु भन्ने स्पष्ट धारणा भएका तामाङको नेपालको आर्थिक विकासको स्पष्ट धारणा छ । उहाँले गाँजा खेतीमा नेपालको विकास देख्नु भएको छ ।
गाँजा खेती गरी विदेश निर्यात गर्ने हो भने नेपालीको आर्थिक स्तर ५ वर्षभित्र विकसित मुलुकको दाँजोमा पुर्याउन सकिने उहाँको धारणा छ । ‘गाँजा नेपालको हिमालदेखि तराईसम्म उत्पादन हुन्छ, गाँजा लागु औषधको रूपमा होइन, औषधीको रूपमा कानुन बनाएर उत्पादन गर्नुपर्छ, विदेश पठाउनु पर्छ, नेपाल र नेपालीको समृद्धि यसैमा छ’, तामाङको स्पष्ट धारणा छ ।
तामाङ प्रतिनिधि सभा सदस्य हुँदा गाँजा खेती सम्बन्धी गैरसरकारी विधेयक संसद्मा दर्ता गराउनुभएको छ । त्यसलाई छलफलमा ल्याई पास गराएर नेपालीको समृद्धिको लागि कार्यान्वयन ल्याउन आफूले नेतृत्व गर्ने उहाँ बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनताको घरदैलोमा शेरबहादुर तामाङ, #नेकपा एमाले, #शेरबहादुर तामाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्