बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
झापा। झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक–आपसमा जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालिकासहित दुईजना घाइते भएका छन् ।
बिर्तामोड–२ बेलडाँगीमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा मे ३ प ५५८० नम्बरका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकको बेलुका मृत्यु भएको हो ।
भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रश्ना भुजेल घाइते भएका छन् । घाइते आमा–छोरीको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, #मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्