केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना, पाइलटसहित सवार सबै सात जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ ।
प्रसिद्ध धार्मिकस्थल केदारनाथ भन्दा झण्डै दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा आज दिउँसो खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।
उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रविशंकरले हेलिकप्टर दुर्घटनामा पाइलट अनिल सिंहसहित सात जनाको मृत्यु भएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्