नेकपा एसकी उम्मेदवार रिता रावल एमालेमा फर्किइन्
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रिता रावल नेकपा एमालेमा फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीलगायतले नेतृ रावललाई सोमबार साँझ खादा र टीका लगाई पार्टीमा स्वागत गरे ।
संविधानसभा सदस्यसमेत रहेकी रावल नेकपा एसनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन् । विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्ने साथै नेकपा एसको भविष्य नभएको भन्दै आफू एमालेमै फर्किएको उनले बताइन् ।
‘लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिक सांसदको उम्मेदवारी पनि छाडेर आएकी छु’, उनले भनिन् । उनीसँगै नेकपा एस जाजरकोटका सचिव अर्पण रावल पनि एमाले प्रवेश गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एसकी उम्मेदवार रिता रावल एमालेमा फर्किइन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्