‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको गन्तव्य हो : विष्णु रिमाल
काठमाडौं । नेकपा एमालेका उमहासचिव विष्णु रिमालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा एमालेको गन्तव्य भएको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको ‘समावेशी आर्थिक विकासका लागि नेपालका चुनौतिहरू’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी उनले मुलुक समृद्ध हुँदा मात्रै समाजवादमा जान सकिने बताउँदै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई प्रमुख गन्तव्य बनाएको बताएका हुन् ।
एमाले समावेशी आर्थिक विकासको पक्षमा रहेको बताउँदै उनले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, प्रयटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको पनि बताए । रिमालले आसन्न निर्वाचनको घोषणापत्रमा पनि यी सबै विषयलाई एमालेले महत्वका साथ समावेश गरिने बताएका छन् ।
‘हामी सरकारमा हुँदा २१ प्रतिशत रहेको गरिवीलाई ३ प्रतिशत घटाएर १८ प्रतिशतमा झार्यौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार भत्ता, न्यूनतम ज्यालामा गरिएको वृद्धि, मुल्यवृद्धि नियन्त्रण गर्ने जस्ता कामले गरिवी निवारणमा सहयोग पुग्यो,’ रिमालले भने, ‘मनमोहन अधिकारी नेतृत्वको सरकारले ९ सका लोक कल्याणकारी कार्यक्रममार्फत मुलकलाई पोलिसी डिर्पाचर गर्यो । पहिलो पटकको केपी ओली नेतृत्वको सरकारले समान सार्वभौमको अवधारणा, नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गर्यो ।’
यसैगरी केपी ओलीको दोस्रो कार्यकालमा मुर्छित सपनालाई कार्यान्वयन गर्ने काम गरिएको रिमालले बताएका छन् । नेकपा एमालेले शिक्षा र स्वास्थ्य, रोजगारी र स्वरोजगार, सामाजिक सुरक्षाका कार्यक्रमलाई चुनावी घोषणापत्रमा महत्वका साथ राख्ने उनको भनाइ छ ।
‘हामीले तयार गरेको मार्गचित्र अनुसार मुलुक अगाडि बढाउन पायौँ भने अगामी पाँच वर्षमा प्रतिव्यक्ति आय २४ सय डलर र १० वर्षमा ५ हजारको हाराहारीमा पुर्याउन सक्छौँ,’ रिमालले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #विष्णु रिमाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्