Techie IT
सोमबार, वैशाख ७,२०८३

सरकार द्वारा देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध


काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सरकार द्वारा देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध


तपाईको कमेन्ट लेख्नुहोस्