मंसीर ४ गतेपछि एमालेको सरकार बन्छ :एकराज कार्की
झापा । नेकपा एमालेका नेता एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्नु भएको छ । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभाका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा नेकपा एमालेको सरकार बन्ने बताउनु भएको हो ।
मुलुकका कुनै पनि तागत र शक्तिले यसलाई रोक्न नसक्ने भन्दै उहाँले विकास, समृद्धि र सुशासनको लागि नेकपा एमालेलाई भोट हाल्न जरुरी रहेको बताउनु भयो ।
एमाले नेता कार्कीले स्वतन्त्रको कुनै अर्थ नरहेको बताउनु भयो । संसदिय निर्वाचनमा बहुमतको सरकार बन्ने र अल्पमत प्रतिपक्षमा रहने भएकाले एक,दुइ वटा मान्छेको अर्थ नरहने बताउनु भयो । हजारौँ मान्छेहरुको बलिदानबाट आएको लोकतन्त्रमाथि धावा बोल्दै स्वतन्त्रका नाममा केहि व्यक्तिहरु आएकोले यसको अर्थ नरहने र यो पानीको फोका जस्तै रहेको बताउनु भयो ।
नेता कार्कीले विचार र राष्ट्रियताका बारेमा सहमत नभएका पार्टीहरु एक आपसमा जोडिएर बनेको सत्ता गठबन्धनको पनि औचित्य नरहेको टिप्पणी गर्नु भयो । नेकपा एमाले राष्ट्रवादी शक्ति रहेको र राष्ट्रियताको सवालमा कोहिसँग नझुकेको उहाँको भनाई थियो ।
नेता कार्की चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ । कार्कीसँग सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल चुनावी मैदानमा रहनुभएको छ । बिर्तामोड निवासी नेता कार्की गएको प्रदेश सभाको निर्वाचनमा पनि भारी मतले निर्वाचित हुनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कराज कार्की, #नेकपा एमाले, #मंसीर ४ गतेपछि एमालेको सरकार बन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्