मकवानपुरका ६६ जना पत्रकारको निःशुल्क आँखा परिक्षण
मकवानपुर ।नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौँडामा बिहीबार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६६ जना पत्रकारले आँखा परिक्षण गराएका छन् ।
विश्व दृष्टि दिवसको अवसरमा महासंघले जिल्लाका पत्रकारहरूलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको हो ।
महासंघले हेटौँडा सामुदायिक आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन गरेको महासङ्घका अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।
शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गर्नुभएको थियो ।
अधिकांश पत्रकारहरू कम्प्युटरमा बस्ने भएकाले आँखाको समस्या थाहा पाउन महासंघले शिविर सञ्चालन गरेको अध्यक्ष गौतमले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #मकवानपुरका ६६ जना पत्रकारको निःशुल्क आँखा परिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्