एमालेले घोषणापत्रमा ‘एक घर, एक रोजगार’लाई प्राथमिकता दिने
काठमाडौं । नेकपा एमालेले आफ्नो घोषणापत्रमा ‘एक घर, एक रोजगार’लाई मुख्य प्राथमिकता दिने भएको छ । केही दिनमै सार्वजनिक गर्न लागिएको घोषणापत्रमा ‘एक घर, एक रोजगार’ मुख्य प्राथमिकतामा समेटिएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले एकदुई दिनमै घोषणापत्र सार्वजनिक गर्दैछ । उक्त घोषणापत्रमा रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको गुरुङले बताउनु भयो । ‘एक घर एक रोजगार’ नभई मुलुकको बेरोजगारी समस्या समाधान नहुने भन्दै उहाँले गरिबी, भोकमरीको अन्त्य गर्न रोजगारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले घोषणापत्रमा शिक्षा, स्वास्थ्य र रोजगारको विषयलाई प्राथमिकता दिइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । पढाइ, दबाइ, कमाइ, एक घर एक रोजगार मुख्य प्राथमिकतामा छदैछ । समाजवादको आधार तय गर्ने हो भने शिक्षा राज्यको दायित्वमा ल्याउनुपर्छ, स्वास्थ्यमा जनताको निःशुल्क उपचार गर्नुपर्छ ।’
राजनीतिक स्थायित्व, राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण र समृद्धिलाई एमालेले चुनावी मुद्दा बनाउने तयारी गरेको छ । एमालेले घोषणापत्रको मस्यौदा तयार गरेर केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । एमालेको घोषणापत्र मस्यौदा समिति सदस्यमा पोखरेलसहित उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
एमालेले घोषणापत्रका लागि सार्वजनिक रूपमा समेत सुझाव मागेको थियो । एमालेले राजनीतिक स्थायित्वका लागि एमालेको बहुमतको सरकार भन्ने नारा बनाएर जनताका बीचमा जाने तयारी गरिरहेको छ । ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको थियो । ०७४ मा एमाले–माओवादीको गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो । मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेर नेताहरू चुनावी प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रतिर लागेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक रोजगार’लाई प्राथमिकता दिने, #एमालेले घोषणापत्रमा ‘एक घर, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्