गठबन्धनले रौतहट ३ मा प्रभु साहलाई समर्थन गर्ने
काठमाडौँ । सत्तारुढ गठबन्धनले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो ।
रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराउन लागिएको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताए । ुरौतहट ३ मा सत्तारुढ गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ,ु उनले भने ।
पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फिर्ता गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको माओवादीले नेताले बताएका छन् । पटेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।
साहले रौतहट ३ सहित एमाले र जसपाबीचको तालमेलमा जसपाले प्राप्त गरेका सिटमा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गठबन्धनले रौतहट ३ मा प्रभु साहलाई समर्थन गर्ने, #प्रभु साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्